रौतहटको चन्द्रपुर न.पा. २ मा विगत केही वर्षदेखि सार्वजनिक सम्पत्तिको दोहन गर्ने र व्यक्तिगत बनाउने कार्यले निकै तिव्रता पाएको छ । यस कार्यमा धेरै व्यक्तिहरूको संलग्नता रहेको पाइएको छ । कतिपयले त नेताहरूको आडमा समेत यस्तो कार्यलाई तिव्रता दिएको पाइएको छ । सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्ने निकायको मौनताले पनि यस कुराको पुष्टि गर्दछ ।
यस न.पा.को २ नं. वडामा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरेर बालीनाली लगाउने, चुरे क्षेत्रमा वस्ती बसाउने, बाटो अतिक्रमण गरि व्यक्तिगत प्रयोजनमा लगाउने कार्यमा केही जनप्रतिनिधि र नेताहरूको संलग्नता रहेको स्थानीयबासी बताउँछन् । यति मात्रै होइन सामुदायिक वनको पदाधिकारी छनोट गर्दा समेत केही नेताहरूले आफ्नो स्वार्थ पूरा गर्ने जडिया र काठ तस्करीमा संलग्न रहेकालाई छनोट गर्ने गरेको ममता सामुदायिकका एक उपभोक्ताले नाम नबताउने सर्तमा आरोप लगाएका छन् । उनका अनुसार ममता सामुदायिक वनमा दुई महिनाजती अगाडि एक व्यक्तिले अनुमतिबिना हरियो रूख काटेकोमा सामुदायिक वन समितिले रङ्गे हात समातेकोमा स्थानीय युवा नेताको आफन्त भएकाले घटना गुपचुप पारिएको छ । त्यस्तै सोझा उपभोक्ताले भने अन्जानमा गल्ती गरे पनि प्रहरी कारबाही गर्ने तथा जरीवाना असुल्ने गरेको पनि ती उपभोक्ताले गुनासो गरे ।
त्यस्तै वन कार्य समितिको सदस्यले सामुदायिक वनभित्र तरकारी खेती गरेका छन् भने केही पदाधिकारीले दारूमा काठदाउरा बेच्ने गरेको समेत स्थानीय बताउँछन् ।
यस क्षेत्रमा सार्वजनिक सम्पत्तिको दोहन कार्य तिव्र गतिमा बढिरहेको छ ।
केही तस्वीर हेरौँ :-
बाटो अतिक्रमण गरि दाउरा
बाटोमै मल राख्ने ठाउँ
0 Comments
कमेन्टका लागि हजुरलार्इ धेरै धेरै धन्यवाद छ । हामीसँग निरन्तर जाेडिनका लागि अनुराेध छ ।
हजुरका लागि याे पनि
https://www.youtube.com/channel/UCV4BMEd0zxf4UXWhCKnJs9Q?view_as=subscriber