प्रदेश २ अन्तर्गत रौतहत जिल्लाको चन्द्रपुर नपा वडा नं. २ अन्तर्गत रहेको श्री माध्यमिक विद्यालय, जुडिबेलाले कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई पाठ्यपुस्तक नि:शुल्क उपलब्ध गराएको छ । सामाजिक दुरी कायम गरि ढिलै भए पनि पुस्तक उपलब्ध गराइएको प्रअ युगल किशोर कुमारले बताउनुभयो । पाठ्यपुस्तक प्राप्त भएपछि विद्यार्थीहरू निकै हर्षित भएको शिक्षक प्रेम घिसिङले बताउनुभयो ।
नगरपालिकाले भने शिक्षा विकासमा खासै ध्यान दिन सकेको देखिदैन । अघिल्लो चौमासिकमै निकासा हुनुपर्ने रकम ढिला गरेर निकासा भएकाले पाठ्यपुस्तक वितरणमा ढिलाइ भएको विद्यालय प्रशासनले जनाएको छ । त्यस्तै लकडाउनको अप्ठ्यारोमा पनि नगरपालिकाले शिक्षकहरूको तलबभत्ता निकासा नगरेको एक शिक्षकले जनाएका छन् ।
मावि जुडिबेलाले छिटै अनलाइन कक्षा पनि सन्चालन गर्ने जनाएको छ । यसका लागि आवश्यक तयारी तिव्र गतिमा अघि बढाइएको छ । तस्वीरमा पाठ्यपुस्तक वितरण
0 Comments
कमेन्टका लागि हजुरलार्इ धेरै धेरै धन्यवाद छ । हामीसँग निरन्तर जाेडिनका लागि अनुराेध छ ।
हजुरका लागि याे पनि
https://www.youtube.com/channel/UCV4BMEd0zxf4UXWhCKnJs9Q?view_as=subscriber