रौतहट, ९,असार 
सामुदायिक शिक्षक र विद्यालय चुप लागेर बसेको र वैकल्पिक शिक्षा संचालनमा ध्यान दिन नसकेको आरोप खेपिरहेका बेला रौतहटको चन्द्रपुरमा रहेको श्री मावि, जुडिबेलाले अनलाइन कक्षा सुरु गरेको छ । कार्यक्रमको एक भर्चुअल भिडियो कार्यशालाका माध्यमबाट रौतहट, शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख श्री रामविनय कुमार सिंहले शुभारम्भ गर्नुभएको कार्यक्रममा शिक्षक,विद्यार्थी लगायतका सरोकारवालाहरूको उपस्थिति रहेकोे थियो । 
कार्यक्रममा सेतो गुराँसकि झलकुमारी कार्कीले कार्यक्रमको सफलताको कामना गर्दै यसको सिको अरू विद्यालयले पनि गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा शिक्षक रीता दाहाल अधिकारीले शुभकामना मन्तव्य राख्नु भएको थियो भने संचालन शिक्षक हरिहर अजेय अधिकारीले गर्नुभएको थियो । 
असार १० गतेदेखि बिहान ७:०० बजेदेखि नियमित कक्षा संचालन हुने प्रअ युगल किशोर सिंहले जानकारी दिनुभयो । अनलाइन कक्षा संचालन भएपछि विद्यार्थी र अभिभावक खुसी भएको कक्षा १० का छात्र कुमार बि क ले जनाएका छन । 
हाललाई कक्षा १० बाट सुरू भएको कक्षा विद्यार्थीको माग बमोजिम अन्य कक्षामा पनि बिस्तार गरिने विद्यालयका शिक्षक प्रेम घिसिङले जानकारी दिनुभएको छ । 
सामुदायिक विद्यालयमा अनलाइन कक्षा  सम्भवतः  प्रदेश २ कै पहिलो भएको बताइएको छ ।