सामाजिक अध्ययन तथा अनुसन्धान समाज,नेपालको शाखा देशव्यापी रूपमा बिस्तार भइरहेको समाजका केन्द्रिय अध्यक्ष महेन्द्र विष्टले जनाएका छन् । यो संस्था सामाजिक विषयका शिक्षकहरूको साझा संस्था हो । संस्थाले आफ्ना संस्थाका सदस्यहरूका लागि अनलाइनमार्फत पेसागत र प्रविधि सम्बन्धी तालिमसमेत प्रदान गरिरहेको अध्यक्ष विष्टले जानकारी दिएका छन् ।
शाखा विस्तारका क्रममा रौतहटमा पनि SOSON, Rautahat को गठन गरिएको छ । यो सँगै समाजको शाखा २२ जिल्लामा बिस्तार भएको छ । zoom का माध्यमबाट जिल्लाभरका सामाजिक विषयका शिक्षकहरूको भेला गरी शाखा गठन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा केन्द्रिय अध्यक्ष महेन्द्र विष्टको उपस्थिति रहेकोे थियो । सामाजिक विषयका शिक्षक लखेन्द्र राय यादवको अध्यक्षतामा नौ सदस्य जिल्ला शाखाको गठन गरिएको जनाइएको छ ।
रौतहट शाखाका पदाधिकारीहरू निम्न छन् :-
1 Comments
सबैलाई बधाई छ ।
ReplyDeleteकमेन्टका लागि हजुरलार्इ धेरै धेरै धन्यवाद छ । हामीसँग निरन्तर जाेडिनका लागि अनुराेध छ ।
हजुरका लागि याे पनि
https://www.youtube.com/channel/UCV4BMEd0zxf4UXWhCKnJs9Q?view_as=subscriber